Section 24
सपुर्दगी भई आएको अभियुक्त वा कसूरदार उपर कारबाही

(१) नेपाल सरकारको अनुरोधमा कुनै विदेशी राज्यबाट सपुर्दगी भई आएको फरार अभियुक्त वा कसूरदारलाई प्रचलित कानून बमोजिम कारबाही चलाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कारबाही चलाइएको व्यहोराको जानकारी नेपाल सरकारले त्यस्तो विदेशी राज्यलाई दिनु पर्नेछ ।